ममाथि प्रहरीबाट दुईपटक हातपात भयो : सुनिल शर्मा



हाम्रो इकोनोमि

 

 

 

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । म्याद थपका लागि अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले दुईपटक हातपात गरेको बताए । उनले भने,’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ? यो कुरा ममाथि भएको छ । सांसद शर्माले आफूमाथि हातपात भएको भनेपछि उनीनिकट कार्यकर्ता आक्रोशित भएर प्रहरीलाई प्रश्न गर्न अघि सरेका थिए । त्यसक्रममा सांसद शर्मालाई प्रहरीले घेरा हालेर भ्यानमा राखी लगेको छ । सांसद शर्मामाथि हातपात भएको विषयमा आफूलाई थाहा नभएको सिआइबी प्रमुख किरण बज्राचार्यले बताइन् । उनले त्यस्तो हुन नसक्ने दावी गरिन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...