राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्ष उठेर अवरोध



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन वनप राष्ट्रियसभाको बैठक अवरोध गरेका छन् । दलीय आधारमा नेताहरू बोलिसकेपछि एमाले सांसदहरूले अवरोध गरेका थिए । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गर्दै आइरहेको छ । एमालेका सांसदलाई बोल्न दिन लाग्दा सत्तापक्षका सांसदहरूले उठेर विरोध जनाएका थिए । दुवैतर्फबाट सांसदहरू उठेपछि अध्यक्ष गणेश तिमिल्सिनाले यसैगरी मिलेर हाउस चलाउन सघाउन आग्रह गरे । उठेरै संसद चलाउने भए पछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि व्यंग्य गरे । सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...