बागमतीमा लम्पीस्किनले २ लाख पशुमा संक्रमण, ६ हजारको मृत्यु



हाम्रो इकोनोमि

 

पशुमा फैलिएको ‘लम्पीस्किन’ रोगको कारण बागमती प्रदेशमा ६ हजार २ सय ९१ पशुको मृत्यु भएको छ । गत वर्ष पुस अन्तिममा बागमती प्रदेशको मकवानपुरमा देखिएको यो संक्रमणले बागमतीको १३ जिल्लालाई प्रभावित पार्दै ६ हजार पशुको ज्यान लिएको हो । बागमतीमा भयावह रूपमा देखिएको यो विषाणुजन्य संक्रमणको कारण यो प्रदेशमा २ लाख ४ हजार ९ सय ८८ पशु संक्रमित भएका छन् । पोक्सभाईरेड समूहको कारपोक्स भाइरसबाट हुने विषाणुयुक्त संक्रमको कारण बागमतीमा पशुपालनको क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । मकवानपुरबाट संक्रमणको सुरुवात भएपनि लम्पीस्किनको संक्रमण दोलखामा सबैभन्दा धेरै देखिएको छ । दोलखामा ३३ हजार ६ सय २४ पशुमा लम्पीस्किनको संक्रमण पुष्टि भएको छ भने दोस्रो स्थानमा काभ्रेका यो रोगले पशुहरूलाई संक्रमित बनाएको छ ।

काभ्रेमा लम्पीस्किनबाट ३० हजार ७ सय ४३ पशु संक्रमित भएका छन् । लम्पीस्किनको कारण सबैभन्दा धेरै पशुको मृत्यु भने सिन्धुपाल्चोक जिल्लामा भएको छ । यहाँ यो रोगको कारण ८ सय ९६ पशुको मृत्यु भएको छ । लम्पीस्किनको महामारीको कारण संक्रमित रहेका मध्य ३ दशमलव १ प्रतिशत पशुको ज्यान गएको छ भने अहिले पनि १० दशमलव २७ प्रतिशतमा संक्रमण रहेको पाइएको छ । यो विषाणुले सबैभन्दा धेरै प्रभावित पारेको पशुमा गाई रहेको भन्दै बागमती प्रदेश सरकारले गाईलाई खोप दिने कार्य सुरु गरेको छ । हालसम्म १२ प्रतिशत गाईमा खोप दिने कार्य सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा पशुपालनमा सबैभन्दा महत्त्वपूर्ण क्षेत्र गाई र भैँसीले ओगटेको छ । यहाँ १० लाख ९९ हजार ५ सय ६० गाई तथा ८ लाख ९६ हजार २ सय १३ वटा भैँसी रहेको छ । गाई तथा भैँसीबाट प्रतिवर्ष ४ लाख ५५ हजार १ सय ४१ मेट्रिक टन दूध उत्पादन हुँदै आएकोमा लम्पीस्किनको कारण उत्पादनमा भारी गिरावट आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...