प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन बामदेवको सुझाव



हाम्रो इकोनोमि

 

 

राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन प्रकरणको छानबिनका लागि एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति गठन गरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले उच्चस्तरीय छानविन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्न सक्ने र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् । गौतमले एमालेले प्रधानमन्त्रीलाई नै हटाउन खोजेको आशंका व्यक्त गर्दै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव समेत दिए । गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरू गरेर सरकारले राम्रो काम गरेको भन्दै यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरे । उनले सरकारले नै छानविनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...