महाकालीमा बाढीले सतर्कता तह पार गर्‍यो



हाम्रो इकोनोमि

 

 

महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीले सतर्कता तह पार गरेपछि अहिले शारदा ब्यारेज ९वनबासा० पुलमा चार पाङ्ग्रे सवारी साधनलाई रोक लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए । अहिले बाढीको बहाव १ लाख ५० हजार क्युसेक मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरूलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । डडेलधुरा स्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह ९५।८० मी० पार गरेको भन्दै सचेत रहन अपिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...