रोल्पा बस दुर्घटना, चारजनाको मृत्यु, १८ जना घाइते



हाम्रो इकोनोमि

 

 

रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना. ५ ख २६१२ नम्बरको यात्रुवाहक बस रोल्पाको त्रिवेणी-७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको हो । १८ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा माडी गाउँपालिका, ४ रोल्पाकी हस्ता डाँगी, सोही ठाउँका गोरख डाँगी, परिवर्तन गाउँपालिका रोल्पाका भक्तबहादुर विक र माडी गाउँपालिका(२ रोल्पाका प्रकाश बाँठा छन् । बस रोल्पाको त्रिवेणी गाउँपालिका ७ टिला नजिक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दिउँसो १ बजे दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पठाइएको र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको छ । घाइतेहरूलाई दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको छ । स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रणबाहिर जाँदा दुर्घटनामा परेको थियो । प्रहरीले सामान्य घाइते भएका गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...