संसदीय समिति सभापतिको भागबन्डा मिल्यो



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीय दलको बैठकमा संसदीय समितिको सभापतिको भागबन्डा मिलिसकेको जानकारी गराएका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसदीय समितिको सभापतिको भागबण्डा मिलिसकेको जानकारी गराएको सांसद माधव सापकोटाले जानकारी दिए । उनका अनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्नेछन् ।

सभापतिको भागबन्डा मिलिसकेकाले अब चाँडै समितिले सभापति पाउने भएको छ । समिति गठन भएको महिनौं बितिसक्दासमेत अहिलेसम्म दलहरूबीच बाँडफाँटमा कुरा नमिल्दा समितिले सभापति पाउन सकेको थिएन । तर, सभामुख देवराज घिमिरेले समितिको नेतृत्व छिटो चयन गर्न ताकेता गर्दै आएका थिए । सत्ता र प्रमुख प्रतिपक्षी दलले समितिको सभापतिको नेतृत्व गर्ने सहमति भएपनि प्रतिनिधिसभामा २० सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी र १४ सीट भएको राप्रपाले भने पाएनन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...