कमजोर बन्दै माधव नेपाल, जनमत ओरालो लाग्दै



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको २०७१ सालमा भएको ९ औँ महाधिवेशन केपी शर्मा ओली र माधव नेपालको शक्ति हाराहारीकै अवस्थामा थियो । महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको नेपाल ४४ मतले मात्रै पराजित भएका थिए। ओलीले एक हजार ४७ मत ल्याउँदा नेपालले एक हजार ३ मत ल्याएका थिए। तर, उनीहरुबीच आन्तरिक संघर्षको बेलामा पार्टीभित्र आन्तरिक मत उस्तै उस्तै अवस्थामा थियो । महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएपछि ओली शक्तिशाली रहिरहे । तर, उनकोविरुद्ध पार्टीभित्र आन्तरिक संघर्षमा लागेका माधव नेपालको निरन्तर कमजोर बन्दै गए । २०७५ मा एमाले र माओवादीबीच एकता भएर नेकपा बन्यो । एमालेमा ओलीसँग टकराब रहेका नेपाल माओवादीसँग एकतापछि पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएर ओलीलाई एक्ल्याउँनतिर लागे । नेकपामा तत्कालीन एमालेका नेता नेपाल, झलनाथ खनालसहित अधिकांश नेताहरू ओलीसँग शक्ति संघर्षमै थिए । त्यसमा प्रचण्डको पनि साथ मिलेर बहुमत सदस्य आफ्नो कित्तामा लिएर शक्तिशाली बनिरहे । ओली र प्रचण्ड–माधव समूहबीच शक्ति संघर्ष उत्कर्षमा पुगेको बेलामा सर्वोच्च अदालतबाट नेकपाको एकता नै भंग भयो । जसले ओलीलाई पुनः एमालेको शक्तिशाली अध्यक्ष बनायो । भने माधव नेपाल प्रचण्डसँग छुट्टिएर फेरि ओलीसँग शक्ति संघर्ष गर्न आइपुगे । एमालेमा ओलीसँग मिलेर जान नसक्ने निष्कर्षसहित माधव र झलनाथ खनालले पार्टी विभाजनको तयारी थाले । नवौँ महाधिवेशनमा ओलीसँगै पार्टीभित्र हाराहारीको शक्ति भएकाले नेपाल पार्टी विभाजनको बेलामा ४० प्रतिशत पुर्‍याउन सकेनन् ।

माधव झलनााथलाई पार्टी विभाजन गराउन सहज हुनेगरी गठबन्धनको सरकारले केन्द्रीय सदस्य वा सांसद २० प्रतिशत मात्रै भएपनि हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिए । विभाजनको बेलामा पार्टीमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहरा र रघुजी पन्त दश बुँदे लिखित सम्झौता गरेर एमालेमै बसे । यद्यपि, अहिले भुसाल एमाले छाडेर अहिले नेकपा एसको महासचिव बनिसकेको छन् । पार्टीभित्र ओलीविरुद्धको शक्ति संघर्षमा साथ दिएका अधिकांश नेताहरूले विभाजनको बेलामा माधवलाई साथ दिएनन् । साथ दिएकाहरू पनि पार्टी गठनको महिनादेखि नै पार्टी छाड्ने क्रम देखिन थाल्यो । माधव नेपाल नेतृत्वको नेकपा एस गठबन्धनको बलमा निर्वाचनमा होमियो । अध्यक्ष नेपालले २० लाख भोट ल्याउने दाबीसहित चुनावी मैदानमा होमिँदा राष्ट्रिय दल बन्नको लागि ३ लाख मत ल्याउन सकेनन् । यद्यपि, गठबन्धनको आडमा प्रतिनिधि सभामा १० सीट जितेको छ । पार्टीभित्रै झलनाथ खनालसँग शक्ति संघर्षको कारणले पछिल्लो समय माधव नेपालको जनमत निरन्तर ओरालो अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा एक हजार पाँचसयभन्दा बढी बेपत्ता

  भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको...

बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...