सुन तस्करीमा जोडिएका महरामाथि छानबिन गर्न माग



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा मुछिएको प्रसंग उठेको छ । बुधबारदेखि प्रज्ञा भवनमा जारी बैठकमा केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन प्रकरणमा महरा मुछिएको प्रसंग उठाएका हुन् । उनले प्रश्न उठेपछि आफू दोषी छैन भनेर पन्छिन नमिल्ने भन्दै आफैंले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्ने बताए । पार्टी नेताहरुसँग जोडिएको भ्रष्टाचार र तस्करीको भार पार्टीले नबोक्ने उनको भनाइ छ । सीआईबीले केही समयअघि भेपमा ल्याइएको ९ किलो सुनको अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता देखिएको आशंका छ । यद्यपि, अहिले छानबिन भइरहेको छ । तर, महराले आफ्नो संलग्नता नभएको पटक पटक प्रष्टीकरण दिइसकेका छन् । आफूमाथि राजनीतिक पूर्वाग्रह साँधेर आरोप लगाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...