सुन तस्करीमा जोडिएका महरामाथि छानबिन गर्न माग



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा मुछिएको प्रसंग उठेको छ । बुधबारदेखि प्रज्ञा भवनमा जारी बैठकमा केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन प्रकरणमा महरा मुछिएको प्रसंग उठाएका हुन् । उनले प्रश्न उठेपछि आफू दोषी छैन भनेर पन्छिन नमिल्ने भन्दै आफैंले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्ने बताए । पार्टी नेताहरुसँग जोडिएको भ्रष्टाचार र तस्करीको भार पार्टीले नबोक्ने उनको भनाइ छ । सीआईबीले केही समयअघि भेपमा ल्याइएको ९ किलो सुनको अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता देखिएको आशंका छ । यद्यपि, अहिले छानबिन भइरहेको छ । तर, महराले आफ्नो संलग्नता नभएको पटक पटक प्रष्टीकरण दिइसकेका छन् । आफूमाथि राजनीतिक पूर्वाग्रह साँधेर आरोप लगाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...