दोलखामा पहिरो जाँदा एक बालकको मृत्यु, तीन जना बेपत्ता



हाम्रो इकोनोमि

 

 

दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका-८ टोपाटारमा गएराति पहिरो गएको हो । गएरातिदेखि अविरल वर्षासँगै गौरीशङ्कर-८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुऱ्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिएका छन् ।

पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर-७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले जानकारी दिए । सो पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकोप्टर पठाइयको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...