सुन तस्करी प्रकरण छानबिनको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिन निर्देशन दिएका छन् । बिहीबार साँझ प्रधानमन्त्री, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच भएको गोप्य छलफलमा प्रधानमन्त्रीले छानबिनका लागि सीआईबीलाई जिम्मा दिन निर्देशन दिएका हुन् ।

बैठकमा गृहमन्त्री, आइजीपी लगाएतले पनि तस्करीको छानबिनको जिम्मा सीआईबीलाई नै दिनुपर्ने धारणा राखेका थिए । यस्तै प्रधानमन्त्री प्रचण्डले तस्करीमा जो कोही भएपनि नछोड्न सम्बद्व निकायलाई निर्देशन दिएका पनि स्रोतले जानकारी दिएको छ । उनले माओवादीकै नेता भएपनि नछोड्न निर्देशन दिँदै यसमा सरकारको पूर्ण समर्थन रहने प्रतिवद्वता व्यक्त गरेका हुन् । ‘यो अपराधमा प्रमाणले ज–जसलाई देखाउँछ, माओवादीका नेता वा अरु को–को पर्छ, अघि बढ्नुस् । सरकारबाट पूर्ण सहयोग रहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्रीको निर्देशनसँगै अबको केही दिनमा यो प्रकरणको छानबिनको जिम्मा सीआईबीलाई दिने तयारी भइरहेको छ । हालसम्म राजस्व अनुसन्धान विभागले यस प्रकरणको छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...