एमालेद्धारा राष्ट्रियसभा बैठक अवरूद्व



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरूद्व गरेको छ । दिउँसो १ बजे बसेको बैठकको सुरूमै एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए । बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे । उनले नेपाल तस्करहरुको देशका रुपमा परिभाषित हुँदै बदनाम भइरहँदा नेपाली जनताको शिर पनि झुकेको बताए। एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन अटेर गरेको भन्दै एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरूद्व गर्दै आएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसदहरूलाई बस्न आग्रह गरेपनि नबसेपछि अर्को बैठक साउन २२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...