एमालेद्धारा राष्ट्रियसभा बैठक अवरूद्व



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरूद्व गरेको छ । दिउँसो १ बजे बसेको बैठकको सुरूमै एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए । बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे । उनले नेपाल तस्करहरुको देशका रुपमा परिभाषित हुँदै बदनाम भइरहँदा नेपाली जनताको शिर पनि झुकेको बताए। एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन अटेर गरेको भन्दै एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरूद्व गर्दै आएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसदहरूलाई बस्न आग्रह गरेपनि नबसेपछि अर्को बैठक साउन २२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...