विकास बजेट खर्चमा चाँगुनारायण नगरपालिका एक नम्बरमा



हाम्रो इकोनोमि

 

 

देशभरका स्थानीय तहको नजर पर्ने काठमाडौं उपत्यकाका स्थानीय तह विकास निर्माणमा केन्द्रीकृत पुँजीगत खर्चमा निकै कमजोर देखिएको छन् । पुँजीगत बजेट खर्चमा स्थानीय तहहरू पनि संघीय सरकारजस्तै कमजोर देखिएका छन् ।  आर्थिक वर्ष ०७९।८० मा उपत्यकाका २१ स्थानीय तहमध्ये पनि काठमाडौं महानगरपालिकाको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ ।  उपत्यकाका स्थानीय तहको विकास बजेट खर्चमा चाँगुनारायण नगरपालिकाले धेरै राम्रोकाम गरेको छ ।उपत्यकाका स्थानीय तहको विकास बजेट खर्चमा चाँगुनारायण नगरपालिका एक नम्बरमा छ । उपत्यकाका २१ स्थानीय तहमध्ये गत आवमा सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकाले विकास बजेट खर्च गर्न सफल भएको छ । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष सुरु हुनेबित्तिकै उपभोक्ता समिति सक्रिय बनाएर काम थालेकाले विकास बजेट धेरै खर्च भएको हो ।

चाँगुनारायण नगरपालिकाका मेयर जिबन खत्रीका अनुसार स्थानीय तहमा धेरैभन्दा धेरै काम उपभोक्ता समिति मार्फत हुने हुनाले समितिलाई सक्रिय बनाउँदै नियमनमा ध्यान दिएको कारण विकास निर्माणमा सफल भएको बताउदछन् । यस बर्ष चाँगुनारायण नगरपालिकाले एक अर्ब ३३ करोड ७२ लाख विकास बजेट विनियोजन गरेको थियो । जसमध्ये १ अर्ब ६ करोड ५५ लाख अर्थात् ७९.६९ प्रतिशत खर्च भएको छ । उपत्यकाका स्थानीय तहमध्ये सबैभन्दा धेरै भक्तपुरको चाँगुनारायण नगरपालिकाले ७९.६९ प्रतिशत रकम खर्च गरेको छ ।  कुल बजेट २ अर्ब १३ करोड ८३ लाख मध्य १ अर्ब ७३ करोड ७६ लाख खर्च भएको छ । कुल बजेटको ८१.२६ प्रतिशत रकम खर्चगर्न नगरपालिका सफल भएको हो । नगरपालिको मेयरमा जितेको एक बर्ष मै जिबन खत्रीले नगरपालिकाको बिकासमा ध्यान पुर्‍यएकै कारण यो संम्भव भएको हो । उनले दिनरात खटेर बिकास बजेटमा यति धेरै खर्च गर्न सम्भव भएका हुन ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...