विकास बजेट खर्चमा चाँगुनारायण नगरपालिका एक नम्बरमा



हाम्रो इकोनोमि

 

 

देशभरका स्थानीय तहको नजर पर्ने काठमाडौं उपत्यकाका स्थानीय तह विकास निर्माणमा केन्द्रीकृत पुँजीगत खर्चमा निकै कमजोर देखिएको छन् । पुँजीगत बजेट खर्चमा स्थानीय तहहरू पनि संघीय सरकारजस्तै कमजोर देखिएका छन् ।  आर्थिक वर्ष ०७९।८० मा उपत्यकाका २१ स्थानीय तहमध्ये पनि काठमाडौं महानगरपालिकाको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ ।  उपत्यकाका स्थानीय तहको विकास बजेट खर्चमा चाँगुनारायण नगरपालिकाले धेरै राम्रोकाम गरेको छ ।उपत्यकाका स्थानीय तहको विकास बजेट खर्चमा चाँगुनारायण नगरपालिका एक नम्बरमा छ । उपत्यकाका २१ स्थानीय तहमध्ये गत आवमा सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकाले विकास बजेट खर्च गर्न सफल भएको छ । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष सुरु हुनेबित्तिकै उपभोक्ता समिति सक्रिय बनाएर काम थालेकाले विकास बजेट धेरै खर्च भएको हो ।

चाँगुनारायण नगरपालिकाका मेयर जिबन खत्रीका अनुसार स्थानीय तहमा धेरैभन्दा धेरै काम उपभोक्ता समिति मार्फत हुने हुनाले समितिलाई सक्रिय बनाउँदै नियमनमा ध्यान दिएको कारण विकास निर्माणमा सफल भएको बताउदछन् । यस बर्ष चाँगुनारायण नगरपालिकाले एक अर्ब ३३ करोड ७२ लाख विकास बजेट विनियोजन गरेको थियो । जसमध्ये १ अर्ब ६ करोड ५५ लाख अर्थात् ७९.६९ प्रतिशत खर्च भएको छ । उपत्यकाका स्थानीय तहमध्ये सबैभन्दा धेरै भक्तपुरको चाँगुनारायण नगरपालिकाले ७९.६९ प्रतिशत रकम खर्च गरेको छ ।  कुल बजेट २ अर्ब १३ करोड ८३ लाख मध्य १ अर्ब ७३ करोड ७६ लाख खर्च भएको छ । कुल बजेटको ८१.२६ प्रतिशत रकम खर्चगर्न नगरपालिका सफल भएको हो । नगरपालिको मेयरमा जितेको एक बर्ष मै जिबन खत्रीले नगरपालिकाको बिकासमा ध्यान पुर्‍यएकै कारण यो संम्भव भएको हो । उनले दिनरात खटेर बिकास बजेटमा यति धेरै खर्च गर्न सम्भव भएका हुन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...