कोशीमा भागबन्डा नमिलेपछि मुख्यमन्त्रीको शपथ रोकियो



हाम्रो इकोनोमि

 

 

कोशी  प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजेसम्का लागि सारिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनमा भागबन्डा मिलाउनका लागि उनले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् । माओवादीले मन्त्री पठाउने निर्णय गर्न नसकेपछि नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ । साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको हो ।

आज गठबन्धन दलबाट एक एक जनालाई मन्त्री बनाउने तयारी थियो । माओवादीमा भने कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेका छन् । अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क परेकाहरू फर्किएका छन् । नयाँ मन्त्रीको सूचीमा रहेका नेकपा एसका कमल जबेगु पनि फर्किए । शपथ समारोहमा सहभागी हुन एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की उपसभामुख सिर्जना दनुवारलगायतका अतिथि पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...