एमालेसँग कोही एक्लै लड्न सक्दैन : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको एकमात्र बलियो शक्ति भएको बताएका छन् । नेकपा एमाले ललितपुर जिल्ला कमिटीको पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले वायुपुत्र हनुमानजस्तै भएको र यो पार्टीसँग कसैले एक्लै लड्न सक्ने हैसियत नराख्ने बताएका हुन् । अध्यक्ष ओलीले आगामी २०८४ सालको निर्वाचनमा देशका सबै वडाबाट बहुमत ल्याउने अभियानसहित ‘मिसन–८४, मिसन ५१ प्रतिशत’ अभियान चलाउन जिल्ला कमिटी र कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएका छन् ।

‘अर्को निर्वाचनमा एमाले बाहेक कुनै दलका उम्मेदवारलाई अबिरमाला लाउने अधिकार छैन । त्यसका लागि पार्टीका सबै कार्यकर्ता सक्रिय र सबै कमिटीहरू चुस्तदुरुस्त हुनुपर्छ,’ अध्यक्ष ओलीले भने । पार्टीको कार्यकर्ता हुँ भन्ने तर पार्टीका नीति र कार्यक्रमको प्रचार नगर्ने, जनतामा नपुर्याउने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने भन्दै अध्यक्ष ओलीले आफूभित्र रहेका कमजोरीहरू आफैँले सच्याउनुपर्ने बताए ।

गत निर्वाचनमा कुनै कार्यक्रम र योजना नभएका र राजनीतिक अनुभव र योगदान नभएकाहरूले समेत जितेको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले भने, ‘हामीसँग यत्रो आन्दोलन, योजना, देश विकासको लक्ष्य र जेलनेलसम्मको इतिहास छ तर अहिले कुनै योजना नभएका उम्मेदबारलाई जिताउनु भनेको जनतालाई हामीले बुझाउने काममा कमी भएर हो ।’ एमालेका कार्यकर्ताहरू विकासका अभियन्ता बन्दै उद्योग सञ्चालन गर्न र प्रत्यक्ष उत्पादनमा जोडिन सुझाउँदै उनले भने, ‘हामीले अरुलाई सिकाउने मात्र होइन, आफैँले उत्पादनको अभियान सुरु गर्नुपर्छ । गाह्रो कुरो केही छैन,अहिले साग रोप्यो भने एक डेढ महिनामा पैसा फलिहाल्छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...