नेकपा एसका केन्द्रीय सदस्य उप्रेती एमालेमै फर्किए



हाम्रो इकोनोमि

 

 

सर्लाहीका पूर्वसांसद एवं तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमा फर्किएका छन् । सोमबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर उनी मूलघर फर्किएको एमाले सर्लाहीका नेता चुँडामणि वाग्लेले बताए । नेता उप्रेती सर्लाहीका एमाले नेताहरू हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग बालकोट पुगेका थिए । तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उनी २०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको दाबेदार थिए । त्यसैबेला एमालेले प्रदेशमा टिकट दिएको थियो । त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उनी सर्लाही ३ ९क० बाट प्रदेशसभामा विजयी भए । गत मंसिर ४ मा उनी नेकपा एसबाट उठेपनि पराजित भएका थिए । गठबन्धनबाट टिकट पाएकोमा माओवादीका बागी जवाहरलाल कुशवाहासँग हारेपछि उनी एमालेसँग नजिकिएका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...