पैसाको अभावमा अब कसैले पनि ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री बस्नेत



हाम्रो इकोनोमि

 

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुन नहुने बताएका छन् । दोस्रो आधारभूत जीवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले आज सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले आफूले मन्त्रालयमा काम सुरू गरेपछि धेरै सुधारका काम भएको भन्दै पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताएका हुन् ।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि देशभरिका १६ वटै संघीय अस्पतालहरूका ३ हजार ५ सय २३ शैय्या विपन्नका लागि नि:शुल्क गरेको जानकारी दिँदै निजी अस्पतालहरूले पनि १० प्रतिसत शैय्या विपन्नका लागि नि:शुल्क गर्ने कानूनी प्रवधानलाई कडाईका साथ लागू गराएको बताए । उनले दुई वर्षभित्र सबै नेपालीलाई नि:शुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्षभित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...