सुन प्रकरण छिनाेफानाे नभएसम्म सदन चल्दैन : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले भने अध्यक्षज्यूले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ । त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भन्ने कुरा राख्नुभयो थियो । तर, उहाँबाट स्पष्ट जवाफ आएर समिति गठनको लागि पनि आनाकानी गर्नुभयो । उनले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नसक्ने बताए । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ । एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...