गठबन्धनमा नयाँ लफडा सुरु, कोशीका सभामुखले भने- राजीनामा दिन्न



 

कोशी प्रदेशमा नयाँ सरकार निर्माणलाई लिएर रस्साकस्सी चलिरहेका बेला सभामुख बाबुराम गौतमले पदबाट राजीनामा नदिने अडान कसेका छन् । बालुवाटारमा हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग भएको बैठकमा उनले राजीनामा नदिने अडान सुनाएको स्रोतले बतायो । सत्ता गठबन्धनले माओवादीबाट निर्वाचित गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर सरकार गठनका लागि बहुमत पुर्‍याउने निर्णय लिएको छ । उनले यसअघि सभामुखकै हैसियतमा सरकार गठनका लागि हस्ताक्षर गरेका थिए, जसलाई अदालतले खारेज गरिदिएको थियो । सत्ता गठबन्धनलाई एक मत अपुग रहेका बेला गौतम निर्णायक बनेका हुन् । हिजो बालुवाटारमा भएको बैठकमा सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरू सहभागी थिए । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समस्याको निकास दिन गौतमले राजीनामा गर्नुपर्ने सुझाव प्रस्तुत गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने केही पनि भनेनन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले के गर्ने त बाबुराम जी भनेर सोधेका थिए । प्रधानमन्त्रीले सोधेपछि गौतमले आफ्नो राजीनामाले मात्रै कोशी प्रदेशमा स्थायी सरकार बन्न सक्ने अवस्था नरहेको प्रष्ट्याए । बैठकमा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेरो राजीनामाले मात्रै कोशीमा स्थायी सरकार गठन हुँदैन । म राजीनामा दिने अवस्थामा छैन । उनले यसो भनिरहँदा कोशीका कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री उद्धव थापा र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो समेत सँगै थिए । बैठकमा थापाले पनि गौतमलाई केही नभनेको श्रोतले जनाएको छ ।

सभामुख गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउन आफूले गरेको हस्ताक्षरका विषयमा अदालतले समेत त्रुटि भएको भनेर औँल्याएकाले सरकार गठनमा आफू सहभागी हुन नसक्ने बताएका थिए । उनले भने, ‘संविधान र कानुनले सभामुखको भूमिका तटस्थ हुनुपर्छ भनेको छ । अब तटस्थ भएर प्रदेशसभा सञ्चालन गर्ने मेरो विचार छ । माओवादीका प्रदेश सांसद दुर्गाप्रसाद चापागाईँले सरकार गठनका लागि सभामुख गौतमको राजीनामा गराउनु एउटा विकल्प भए पनि यो उचित नभएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सभामुख गौतमको राजीनामाले प्रदेशसभालाई थप संवैधानिक सङ्कटतर्फ लैजाने उनको भनाइ छ । सत्ता गठबन्धनमै रहेका नेपाली काँग्रेसका सभापति र प्रदेश सभापतिले सभामुखलाई राजीनामा दिन लाउने विषयमा केही नबोलेपनि माओवादीकै एउटा पक्ष भने सभामुखको राजीनामाको पक्षमा छ । माओवादीका कोशी प्रदेश सभा सदस्य तथा प्रचण्डका ज्वाइँ जीवन आचार्यले सभामुखले राजीनामा दिएर निकास दिनुपर्ने बताउने गरेका छन् । उनले सभामुखलाई राजीनामा दिन चर्को दबाब दिएको माओवादीका सांसदहरू बताउँछन् । कोशी प्रदेशको सरकार गठनका लागि ४७ सिट आवश्यक पर्दछ । राप्रपा सत्ता गठबन्धनका नगएको अवस्थामा सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना देखिन्न । यसअघि असार २१ गते सभामुख बाबुराम गौतमको हस्ताक्षर सहितलाई गनेर प्रदेश प्रमुखले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । अदालतले सभामुखको गणना गर्नु असंवैधानिक भएको भन्दै नियुक्ति बदर गरेको छ । नियुक्ति बदर गरेसँगै साउन १६ गते ५ बजे सम्ममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई आव्हान गरेका छन् । उनको आव्हानको समय एक दिन बाँकी रहँदा पनि सरकार गठनका लागि बहुमत कतै पनि पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्