सरकारले जस्तोसुकै घटिया काम पनि गर्न थाल्यो : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार सत्ता टिकाउन जस्तोसुकै घटिया काम पनि गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागले आजबाट आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उदघाटन कार्यक्रममा उपमहासचिव ज्ञवालीले सरकार सत्ताका लागि जेसुकै काम गरिरहेको बताउनु भएको हो ।सत्ता टिकाउन अहिलेको सरकार जस्तोसुकै घटिया काम पनि गर्न थाल्यो’, उपमहासचिव ज्ञवालीले भन्नुभयो । उहाँले ललिता निवास प्रकरणमा निर्णय गर्नेहरु गठबन्धनमै रहे पनि सरकारले उनीहरुसँग सोधपुछ गर्ने सम्मको हिम्मत पनि नगरेको बताउनु भयो । ललिता निवास जग्गा प्रकरणमा निर्णय गर्नेहरु गठबन्धनमै छन, सरकारले उनीहरुलाई सोधपुछसमेत गरेन, यसलाई कसरी निष्पक्ष भन्ने ?’, ज्ञवालिको प्रश्न थियो । उहाँले अहिले मुलुकमा व्यापार घाटा डरलाग्दो अवस्थामा रहे पनि सरकार त्यसबारेमा छलफलमै जान नचाहेको बताउनु भयो । ज्ञवालीले सरकारको रवैया मुलुक डुवाउनेतिर रहेको भन्दै सवै एकजुट बनेर अघि बढनुपर्ने बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न प्रचारात्मक काम बढी गरिरहेको भन्दै लडाकु शिविरको छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभयो । ‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ ?’ ज्ञवालीको प्रश्न थियो । उहाँले २२ पटक सम्म सुन छाडेर २३ औँ पटकमा पक्राउ गरेको भन्दै त्यसमा पनि सरकारको मिलेमतो रहेको बताउनु भयो, २३ औँ पटकमा पक्राउ गरिएको रहेछ । २२ पटक सम्म त छुट्यो नि । ८ दिन पछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो ? २२ पटक सम्म सुज तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन ? मुख्य नाइके को को हुन, खोज्नु पर्दैन ?’ ज्ञवालीको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...