कोशीमा सभामुखलाई राजीनामा गराउने देउवा-प्रचण्डको तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका गठबन्धन दलहरू कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर नयाँ सरकार गठन गर्ने तयारीमा लागेका छन् । सभामुख गौतमलाई राजीनामा गराउन दलहरूले गौतमलाई तीव्र दबाब दिइरहेको बताइएको छ । तर, गौतमले भने तत्काल राजीनामा दिन आनाकानी गरिरहेका छन् । यदि माओवादीका तर्फबाट सभामुख बनेका गौतमले राजीनामा दिएर नयाँ सरकार गठनको व्यवधान हटाउने अवस्था आए सरकारको नेतृत्व कांग्रेसले नभइ माओवादी केन्द्रले गर्नुपर्ने वहस पनि दलहरूबीच सुरू भएको छ ।

त्यसो त आज बिहान यस विषयमा छलफल गर्न दलका शीर्ष नेताहरूले काठमाडौंमा छलफल पनि गरेका छन् । छलफलमा सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने उपयुक्त विकल्पका सम्बन्धमा सहमतिनजिक पुगे पनि सरकारको नेतृत्वका विषयमा नयाँ वहस सृजना भएको बताइएको छ । पहिले सभामुखलाई राजीनामा गराउने र त्यसपछि मात्रै सरकारको नेतृत्वका विषयमा छलफल अघि बढ्ने अडान नेपाली कांग्रेसले राखेको छ । कांग्रेसका एक नेताले भने, ‘अब पनि मुख्यमन्त्री बन्ने त नेपाली कांग्रेसबाटै हो । तर, उद्धव थापालाई नै अघि सार्ने कि अर्को व्यक्ति खोज्ने भन्नेमा वहस सृजना भएको छ ।’ अदालतले गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ । गठबन्धनलाई बहुमत संख्या ४७ पुर्‍याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ । यसअघि तटस्थ रहेका सभामुखको समेत समर्थन लिएर सरकार गठन गर्दा उद्धव थापाको सरकार २२ दिनमै ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...