राजनीतिक दल नयाँ र पुराना हुँदैनन् : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दर्ता नम्बरका आधारमा कुनै पनि राजनीतिक दल नयाँ वा पुरानो नहुने बताएका छन् । मुलुकमा नयाँ र पुरानो पार्टी भनेर नयाँ भाष्य निर्माण गर्न खोजिनु पूर्णत: गलत भएको बताउँदै उनले दल नयाँ हुन समय अनुसार विचार, नीति र नेतृत्वको रुपान्तरण हुनुपर्ने बताएका छन् । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको १२औँ बैठकलाई सम्बोधन गर्दै उनले कुनै पनि राजनीतिक दलले अवलम्बन गर्ने नीति र नेतृत्वले दलको क्रियाशीलता र रुपान्तरणलाई निर्धारण गर्ने हुँदा नयाँ दल दर्ता हुँदैमा अरु पुरानो नहुने बताएका हुन् । अमेरिकामा समेत दुई वटा ठूला र पुराना दल रहेको र तिनलाई कहिल्यै पुरानो नभनिएको स्मरण गराउँदै महासचिव पोखरेलले हरेक पाँच–पाँच वर्षमा नेतृत्व परिवर्तन र नीति समयानुकुल बनाइरहेका नेकपा एमालेलगायत दलहरू कहिल्यै पुरानो नहुने विचार व्यक्त गरे । वैकल्पिक शक्तिहरूलाई सही ढंगले बुझ्नुपर्ने उनको भनाइ छ ।

यस्तै, उनले देश बनाउने अभिभारा जनताले मत दिएर पठाएका जनप्रतिनिधिका साथै सम्पूर्ण नेपालीको पनि भएको चर्चा गर्दै अब जनसंगठनहरूले आफ्ना गतिविधिलाई व्यवस्थित रूपमा जनताको बीचमा लगेर जनताको मन जित्नुपर्ने बताएका छन् । संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए । पोलिटव्युरो सदस्य महेश बस्नेतले स्वागत गरेको बैठकलाई केन्द्रीय सदस्य रचना खड्काले सहजीकरण गरेकी थिइन् । बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, प्रचार तथा प्रकाशन विभाग प्रमुख समेत रहेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमसहित कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, सीता पौडेल लगायत सहभागी थिए । बैठकमा सबै जनसंगठनका इञ्चार्ज, अध्यक्ष र पार्टीका तर्फबाट प्रदेशमा जनसंगठनको संयोजक तोकिनुभएका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...