कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की पुनर्वहाली



हाम्रो इकोनोमि

 

 

सर्वाेच्च अदालतको फैसलासँगै साउन १७ गतेसम्मका लागि हिक्मत कार्की नै मुख्यमन्त्रीमा पुनर्वहाली भएका छन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले उद्धव थापाको नियुक्ति प्रक्रिया जुन बिन्दूबाट शुरु भएको हो सो देखिकै सबै प्रक्रिया उत्प्रेषणको आदेशबाट बदर गरिदिएकाले सात दिनका लागि कार्की स्वतः मुख्यमन्त्रीमा पुनर्वहाली भएको बताए । यसबारे सर्वोच्चले प्रष्ट नभने पनि सुरु प्रक्रियाबाटै जानू भनेकाले कार्की पुनर्वहाली भएका हुन् ।

यसैबीच नेकपा एमाले संसदीय दलका नेता कार्कीले आफू मुद्दाका लागि काठमाडौं आएको भन्द एक साताका लागि आफू कामचलाउ मुख्यमन्त्रीमा पुनर्वहाली भएको जानकारी पाएको बताए । उनले आफू भोलि विराटनगर जाने बताए । अदालतको फैसलामा सभामुखको हस्ताक्षरसहित पेश भएको त्रुटीपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धब थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा असार २१ ग्ते गरिएको नियुक्ति र तत् सम्बन्धमा भए गरिएका काम कारवाहीहरु नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ भनेकाले उनको नियुक्ति नै बदर भएकाले कार्की स्वतः पुनर्वहाली भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...