मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित



हाम्रो इकोनोमि

 

 

मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकबाट विधेयक पुन: पारित भएको हो । विधेयक प्रतिनिधि सभाले संसोधनसहित पारित गरी पुन राष्ट्रिय सभामा पठाएको थियो ।

राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुन: पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए । त्यसलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए । अध्यक्ष तिमिल्सिनाले निर्णायर्थ प्रस्तुत गरेको विधेयकमामा ध्वनिमतका आधारमा पारित गरिएको घोषणा गरेका थिए ।अब विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा जानेछ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि विधेयक ऐनका रूपमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...