नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको छ : राजेन्द्र लिङदेन



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘डेढ क्वीटल सुन विमास्थलबाट बाहिरिनु सामान्य विषय होइन । समाजलाई ठीक दिशामा ल्याउनको लागि यसको जरासम्म पुग्नुपर्छ । भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा पनि सरकार जरासम्म पुग्न उद्धत छैन ।

सुन तस्करीको सूचना दिने स्रोतले कोको संलग्न छ भन्ने खुलाउन सक्ने बताए । उनले कसैलाई देखाउनकै लागि यो सुन पक्राउ गरेको आरोप लगाए । उनले भने, ‘नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको छ । सम्बन्धित अरु देशको दबाबले यो पक्राउ परेको कुरा आएको छ । भरियालाई पक्रेर नाइकेलाई जोगाउने काम नगरोस् । अनुसन्धानलाई सशक्त ढंगले अगाडि बढाओस् । यसबारे छानबिन आयोग बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...