संसद भवन अगाडि लघुवित्त पीडितको प्रदर्शन



हाम्रो इकोनोमि

 

लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ। आज बिहान माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेपछि धकेलाधकेल भएको हो।

प्रदर्शनकारीहरू  निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा केहीबेर धकेलाधकेल भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका निमित्त प्रवक्ता डिएसपी अनिल अधिकारीका अनुसार केही प्रदर्शनकारीहरूलाई संसद भवनको तीन नम्बर गेटबाट पक्राउ गरिएको छ।

निषेधित क्षेत्रबाट अगाडि बढ्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच एकछिन धकेलाधकेल भएपनि अहिले स्थिति सामान्य रहेको डिएसपी अधिकारीले बताए।  लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौंमा प्रदर्शन गर्दै आएको छ।

लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण नि:शुल्क प्रदान गर्नुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...