शेरबहादुर देउवाले देखाइदिए गगनको औकात



हाम्रो इकोनोमि

 

 

फेसबुकलगायत सामाजिक सन्जाल र केही खास सञ्चारमाध्यमबाट उचालिएका काङ्ग्रेस महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाले आफ्नो वास्तविक औकात देखाइदिएका छन् । संसदीय निर्वाचनको समयमा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रचार गराएका गगनले आफ्नै समूहका नेता डा. शेखर कोइरालालाई उछिनेर आफै संसदीय दलको नेता बन्न अग्रसर भएका थिए । त्यसबेला गगनको महत्वाकाङ्क्षा उर्लिएको ठानिएको थियो । त्यसयता गगनले सभापति शेरबहादुर देउवाविरूद्ध जोडदार अभियान चलाउँदै आएका थिए । उनले देउवालाई नेतृत्वबाट पन्छाउन पार्टीभित्र गुटबन्दी गर्दै आएका थिए ।

गत साता भएको काङ्ग्रेस केन्द्रीय समितिको बैठकलाई लाइभ (प्रत्यक्ष प्रशारण) गरेर देउवाले काङ्ग्रेसका सबै केन्द्रीय नेताहरूको क्षमता, योग्यता र औकात देखाइदिए । त्यसमा पनि निकै चर्का कुरा गर्ने गगन यसपटक ज्यादै नराम्रोसँग एक्स्पोज भएका छन् । पार्टीका केन्द्रीय सदस्यहरूमध्ये अधिकाङ्शले महामन्त्रीको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका थिए । कतिपय सदस्यले महामन्त्रीहरूले गुटबन्दी गरेर पार्टीमा अराजकता निम्त्याएको भन्दै औकातमा नबसे महामन्त्रीको विकल्प खोज्न बाध्य हुने चेतावनी दिएका छन् । बाहिर चर्का कुरा गर्ने महामन्त्रीहरू बैठकमा निरीह र रक्षात्मक बन्नुपरेको थियो ।यस बैठकले सभापति शेरबहादुर देउवालाई उर्जा थप्नुको साथै काङ्ग्रेसमा कृत्रिम ढङ्गले सिर्जना गर्न खोजिएको विवाद मत्थर हुने सम्भावना बढाएको छ । र, अब गगनले अराजक व्यवहार गर्न नसक्ने परिस्थिति सिर्जना गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...