समाजवादी पसल धेरै दिन टिक्दैन : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज गोकुल बास्कोटाले समाजवादी पार्टी र मोर्चा दुवैको भविष्य नरहेको बताएका छन् । मंगलबार एमाले सिन्धुपाल्चोकको एघारौँ बैठकलाई सम्बोधन गर्दै नेता बास्कोटाले एमालेको उर्बर जिल्ला सिन्धुपाल्चोकमा अरु पार्टी कसरी हावी हुन खोजे भन्दै समीक्षा गर्न जरुरी रहेको बताए । एमालेको मनै देखि एकताबद्ध प्रयास भएमा सिन्धुपाल्चोकमा यसको साख फर्कने नेता बास्कोटाको बुझाई रहेको छ ।

‘पार्टीमा लामो र धेरै रगत पसिना बगाएर योगदान गर्नुभएका साथिहरु अहिले अर्को पार्टीतिर लाग्नुभएको छ । त्यो समाजवादी पसल धेरै दिन टिक्नेवाला छैन्, एमालेमा फर्कनुस्, विना विभेद पार्टीले उपयुक्त जिम्मेवारि दिनेछ ।’ नेता बास्कोटाले भने । एमालेबाट बाहिरिएका वा विभिन्न पार्टीमा लागेका र एमालेमा नै भविष्य देखेका आम नेता कार्यकर्तालाई पार्टीमा गोलवद्ध भई सदस्यता नविकरण गर्न समेत नेता बास्कोटाले सुझाएका छन् ।

एमाले सिन्धुपाल्चोकको इन्चार्जको जिम्मेवमरी सम्हाल्न बास्कोटा सोमबार नै सिन्धुपाल्चोक आएका थिए । प्रखर र प्रष्ट वक्ताको रुपमा परिचित नेता बास्कोटालाई इन्चार्जको रुपमा पाउँदा एमाले सिन्धुपाल्चोकका नेता कार्यकर्ता उत्साहीत देखिएका छन् । एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपाल, सचिव रामचन्द्र बस्नेतलगायतले बास्कोटालाई सिन्धुपाल्चोकमा स्वागत तथा यहाँको वस्तुगत जानकारी गराएका थिए । बैठकमा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे, स्थायी कमिटी सदस्य गुरु वरालले लगाएतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशीको बाढीमा अहिलेसम्म ९०३ जनाको शव भेटियो, ४२२७ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ...

भोटेकोशी बाढीमा एक हजार पाँचसयभन्दा बढी बेपत्ता

  भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको...

बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...