विमानस्थल भन्सारका प्रमुख हेरफेर



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख फेरिएका छन् । यसअघि प्रमुख रहेका अरुण पोखरेलको ठाउँमा डा. टोकराज पाण्डेलाई पठाइएको हो । राष्ट्रिय किताब खाना (निजामती) महानिर्देशकबाट भर्खरै अर्थमा सरुवा भएका पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् ।

गत साता भन्सार जाँच पास भएर बाहिरिएको एक क्वीन्टल सुन बरामदपछि भन्सारका कर्मचारी विवादित बनेका थिए । ठूलो परिमाणको सुन तस्करीलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीसमेतको आलोचना भइरहेको छ । यही आलोचनाबीच पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका छन् । पोखरेल भने हाल २ महिने बिदामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...