विमानस्थल भन्सारका प्रमुख हेरफेर



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख फेरिएका छन् । यसअघि प्रमुख रहेका अरुण पोखरेलको ठाउँमा डा. टोकराज पाण्डेलाई पठाइएको हो । राष्ट्रिय किताब खाना (निजामती) महानिर्देशकबाट भर्खरै अर्थमा सरुवा भएका पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् ।

गत साता भन्सार जाँच पास भएर बाहिरिएको एक क्वीन्टल सुन बरामदपछि भन्सारका कर्मचारी विवादित बनेका थिए । ठूलो परिमाणको सुन तस्करीलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीसमेतको आलोचना भइरहेको छ । यही आलोचनाबीच पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका छन् । पोखरेल भने हाल २ महिने बिदामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...