एमालेले तोक्यो प्रदेशहरुको अधिवेशनको मिति



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ ।गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ । अरू प्रदेशहरुले अधिवेशनको मिति तय गरिसक्यो’, केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले भने ।

उनका अनुसार, कोशी प्रदेशको अधिवेशन १२-१३ असोजमा हुनेछ । मधेश प्रदेशले ५-६ असोज र बागमती प्रदेशले ८-९ असोजमा अधिवेशन गर्ने भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । १६-१७ भदौमा लुम्बिनी, २९-३० भदौमा कर्णाली र २२-२३ भदौमा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।

अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ । प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ । प्रतिनिधि प्रक्रियाको चयन १५ साउनमा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ । ‘पार्टी सदस्यको अन्तिम नामावली तयार भएपछि त्यसै आधारमा अधिवेशनको प्रतिनिधि चयन हुनेछ, प्रतिनिधि छनोट पनि त्यसैमा आधारित हुनेछ’, कार्यालय सचिव अधिकारी भन्छन् ।

एमालेले आउने एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेको छ । त्यसअनुसार, सवैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारीमा पार्टी पंक्ति परिचालित भएको अधिकारी बताउँछन् । प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ । त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...