कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले मागे गृहमन्त्रीको राजीनामा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।त्रिभुवन विमानस्थ भन्सार कार्यालयबाहिरबाट बरामद गरिएको करिब १ क्विन्टल सुन तस्करीमा गृहमन्त्री नारायणकाजीको समेत नाम जोडिएकाले उनले पदबाट राजिनामा दिनुपर्ने उनको भनाइ छ ।

तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा व्यक्त गर्दै उनले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् । यसैबीच, नेपाली कांग्रेसकै सांसद सुनील शर्माले पनि गृहमन्त्री श्रेष्ठ तथा अर्थमन्त्री प्रकाशशरण महतले समेत यो प्रकरणमा राजीनामा दिनुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...