नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न मात्रै गृहमन्त्री बनेको हो भन्दै प्रश्न गरेका छन् । १५० किलो सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँच परीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुनु नेतृत्वको चरम कमजोरी भएको टिप्पणी गर्दै उनले अब छानविनको सहजताका लागि गृहमन्त्रीले तत्काल राजीनामा दिनुको विकल्प नभएको पनि बताएका छन् ।

‘सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त,’ सांसद थापाले प्रश्न गर्दै भनेका छन्, ‘यसमा गृहमन्त्रीजीले जवाफदेही भएर छानविन प्रभावित नहोस् भनी स्वनिलम्बन अर्थात् राजीनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो ।’ अब पनि राजीनामा दिएर छानविनलाई नसघाए गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्दा नैतिकहराम मान्छे कोही नहुने उनले बताएका छन् ।

 

गृहमन्त्री श्रेष्ठबारे यस्तो छ, सांसद थापाको भनाइ–

हवाई यात्राको क्रममा गौचरन एयरपोर्टमा प्राय: सधैँभरि प्रतिनिधि सभा सदस्यको लोगो लगाएर म आम यात्रु जसरी सुरक्षा चेकजाँच गराउँछु । कहिलेकाहीँ भीआईपी कक्षतर्फ अलिक लामो प्रतिक्षाका लागि पनि जान्छु । तर सुरक्षा जाँचको प्रक्रिया पूरा गरेर मात्रै । त्यसक्रममा कलम, मोबाइल र पेटीसमेत खोलेर छुट्टै ट्रेमा देखाउन र एक्स–रे मेशिनमा राख्न लगाइन्छ । त्यसो गर्नु संवेदनशील सुरक्षा प्रयोजनले सही नै हो भनेर सहयोग गर्दै आएको छु । प्रहरी सुरक्षाकर्मीले त्यति गरिसक्दा सुरू र अन्तिमका एक्स–रे मेशिन पार गर्ने क्रममा दुई/दुई पटक शरीर छामछुम पनि गर्छन !

यो सबै देखाउन र लोक रिझ्याइँका लागि गर्ने गरिएको हो त ? एक क्वीन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँचपरीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो ? यसमा गृहमन्त्रीजीले जवाफदही भएर छानविन प्रभावित नहोस भनी स्वनिलम्बन/राजीनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो । नैतिकता र जवाफदेहिता फगत आदर्शको रटान र स्टन्टबाजी वा आत्मप्रशंसाको खोक्रो अभिनय होइन र हुनै सक्दैन । जिम्मेवार व्यक्ति स्वयम्ले दृष्टान्त बन्न सक्नुपर्ने निर्मम विषय हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठजी, जवाफ दिन सक्नुहुन्छ–

तपाईको कार्यकालमा कति क्वीन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो ?  अनि, सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त ? अब राजीनामा दिएर छानविनलाई सघाउनुस, अन्यथा तपाईंभन्दा नैतिकहराम मान्छे नेपाल सरहरभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन !

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...