गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको गैंडाको आक्रमणबाट बिहिबार दिउँसो मृत्यु भएको हो । घाँस काट्न जंगल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोर्टमार्टमका लागि ल्याउने तयारी छ ।

चालु आर्थिक वर्षमा चितवनमा जंगली जनावरबाट भएको यो पहिलो मानवीय क्षती हो । गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरको क्षेत्रमा ७ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्ष गैंडाको आक्रमणबाट ३ जना, बाघको आक्रमणबाट १ जना र हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए । त्यसभन्दा अघिल्लो वर्ष विभिन्न जंगली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...