गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको गैंडाको आक्रमणबाट बिहिबार दिउँसो मृत्यु भएको हो । घाँस काट्न जंगल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोर्टमार्टमका लागि ल्याउने तयारी छ ।

चालु आर्थिक वर्षमा चितवनमा जंगली जनावरबाट भएको यो पहिलो मानवीय क्षती हो । गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरको क्षेत्रमा ७ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्ष गैंडाको आक्रमणबाट ३ जना, बाघको आक्रमणबाट १ जना र हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए । त्यसभन्दा अघिल्लो वर्ष विभिन्न जंगली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...