यी हुन एमाले मधेस प्रदेशका १० निर्णय



 

 

नेकपा एमाले मधेस प्रदेश कमिटी नयाँ रणनीतिका साथ संगठन निर्माण र विस्तारमा अघि बढेको छ । पार्टी संगठन निर्माण र विस्तारसँगै मधेश प्रदेशको आर्थिक र सामाजिक रूपान्तरणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अभियान चलाउने निर्णयसहित अघि बढेको हो । नेकपा एमाले मधेस प्रदेशको जनकपुरमा बसेको बैठकले मधेसको आर्थिक सामाजिक मुद्दालाई प्राथमिकताका साथ उठाउने निर्णय गरेको छ । एमालेका सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकले पोलिटब्युरो सदस्य जुली महतोको संयोजकत्वमा मधेशमा समृद्धिको आधार, आर्थिक रूपान्तरण र सामाजिक जागरणका आधारहरू खोजी गर्न विज्ञ समूह बनाउने निर्णय गरेको छ । सो समूहले मधेसका सबै जिल्लामा अध्ययन गरेर अवधारणा पत्र तयार गर्नेछ । सो अवधारणा पत्रमाथि पार्टी बैठकमा छलफल गरेर पार्टीले मधेसको समृद्धिको योजना बनाउने छ । मधेशमा व्याप्त सामाजिक समस्या, दाइजो, महिला हिंसा, भ्रष्टाचार, गरिबी र पछेउटेपन निवारणको लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा विज्ञ टोलीले अध्ययन प्रतिवेदन बनाउने छ ।

 

विज्ञसहितको टिमले मधेसका आर्थिक, सामाजिक, सांस्कृतिक सम्भावना र सामाजिक समस्या अन्त्य गर्ने तत्कालीन र दीर्घकालीन कार्य योजना बनाएर पेस गर्ने पार्टी इञ्चार्ज भट्टराईले जानकारी दिनुभयो । सो कार्य योजना प्रदेश कमिटी बैठकले अनुमोदन गरेपछि पार्टीका हरेक कमिटी सोही मार्गनिर्देशनबाट अघि बढने उहाँले बताउनुभयो । योसहित बैठक विभिन्न नौ वटा निर्णय गरेको छ । ती निर्णय कार्यान्वयनको लागि जिम्मेवारी समेत तोकेको छ । विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने नेता, कार्यकर्ताको व्यवस्थापनका लागि पोलिटब्युरो सदस्य सुमन प्याकुरेलको संयोजकत्वमा रेवती पन्त, सम्बन्धित जिल्लाका इन्चार्ज र अध्यक्ष रहेको कार्यदल गठन गरेको छ । सो कार्यदलको प्रतिवेदनको आधारमा उहाँहरूलाई व्यवस्थापन गरिने भएको छ । बैठकले पार्टीको प्रदेश कमिटी भवन (मिथिला भवन) निर्माण गर्ने निर्णय गरेको छ । जसका लागि पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठको संयोजकत्वमा जुली महतो, उमाशंकर अरगरिया, रामअवतार यादव, सरोज यादव, दीपेन्द्र ठाकुर, मनोज खड्का, राजकिशोर यादव र अशोक केसी रहेको समिति गठन गरिएको छ । यस्तै बैठकले असोज ५ र ६ गते हुने मधेस प्रदेशको पार्टी अधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेको छ । अधिवेशन उदघाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

 

 

बैठकले पार्टी सदस्यता नवीकरण, अभिलेखीकरण र प्रमाणीकरणको जिम्मेवारी पनि तोकेको छ । प्रदेश अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा सम्बन्धित जिल्लाका संगठन विभाग प्रमुखलाई सो जिम्मेवारी दिइएको छ । अधिवेशन गर्न बाँकी जनसंगठनका प्रदेश अधिवेशन भदौ २० गते र जिल्ला अधिवेशन मंसिर भरिमा गर्न बैठकले निर्देशन दिएको छ । यस्तै आगामी चैत मसान्तसम्म प्रदेशदेखि टोल कमिटीसम्मका अधिवेशन गरिसक्ने बैठकले निर्णय गरेको छ । नेता कार्यकर्तामा वैचारिक क्षमता अभिवृद्धिको लाग प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म आवासीय प्रशिक्षण गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्