आयल निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमका कार्यकारी निर्देशक इ. उमेशप्रसाद थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित भएका छन्। नेपाल इञ्जिनियरिङ एसोसिएसनको ६१औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा काम गरेका इञ्जिनियरहरूलाई सम्मान गर्ने क्रममा व्यवस्थापन क्षेत्रको अवार्ड कार्यकारी निर्देशक थानीलाई दिइएको हो।

निगमको कार्यकारी नियुक्त भएको १५ महिनामा पेट्रोलियम पदार्थको आपूर्ति र व्यवस्थापनमा उल्लेखनीय काम गरेको भन्दै नेपाल इञ्जिनियर्स एसोसिएसनले अवार्ड दिएको हो।  रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा वितरण गर्नुका साथै इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब बक्यौता चुक्ता गरी १८ अर्ब नाफा गरी इञ्जिनियरिङ क्षमता प्रमाणित गरेकोले अवार्ड दिइएको हो।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...