घेराबन्दीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ



 

 

भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा दृढतापूर्वक कदम चाल्न थालेपछि गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पदमूक्त गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिसम्बद्ध पक्ष सक्रिय हुन थालेको पाइएको छ । श्रेष्ठको कामबाट नेताहरू शेरबहादुर देउवा,  माधवकुमार नेपाल र प्रचण्डलगायत असन्तुष्ट बन्न पुगेका छन् । कुनै न कुनै निहुँ बनाएर नारायणकाजीलाई गृहमन्त्रालयको जिम्मेवारीबाट पन्छाउने मौका पर्खेर नेताहरू बसिरहेका छन् । मन्त्रिमण्डलमै सामेल भएका ब्यक्तिहरू समेत श्रेष्ठलाई हटाउन लविङ गर्दैछन् ।

त्यस्तै सङ्गठित अपराधमा सहयोगी बनेका कर्मचारीहरू छानवीनका क्रममा पक्राउ पर्न थालेपछि उच्च पदस्थ कर्मचारीहरू पनि श्रेष्ठसँग क्रुद्ध बनेका छन् । उनिहरूले मौका मिल्नेबित्तिकै प्रधानमन्त्री र सम्बद्ध शक्तिकेन्द्रहरू समक्ष गृहमन्त्रीको विरूद्ध अभिव्यक्ति दिन थालेका छन् । कर्मचारीहरूले गृहमन्त्रीका विरूद्ध आन्दोलन गर्ने प्रयाससमेत गरिरहेका छन् । त्यस्तै, अनेक धन्दा चलाएर ‘इजी मनी’ बनाउँदै आएका ब्यापारीहरू पनि गृहमन्त्रीविरूद्ध क्रियाशील भएका छन् ।

भाटभटेनी सुपर मार्केटको मालिक बनेका मीनबहादुर गुरुङ शोभाकान्त ढकालसँग मिलेर सरकारी जग्गा कब्जा गर्ने योजना बनाउने ब्यक्तिका रूपमा पक्राउ परेका हुन्, तर गुरुङलाई सामान्य जमिन खरिदकर्ताका रूपमा मात्र प्रचार गरिएको छ । गुरुङलाई भाटभटेनी सुपर मार्केटमा भएको करछली, नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगेको या त्यस्तो कुनै ब्यापारिक अपराधका लागि दोषी प्रमाणित भएर प्रहरीले पक्राउ गरेको थिएन, न ललिता निवासको जग्गा खरिद गरेकोले मात्र उनलाई पक्राउ गरिएको हो । कर्मचारीलाई मिलाउने, राजनीतिक नेता मिलाउने, न्यायाधीश मिलाउने, नक्कली मोही खडा गर्ने र मोहीको नामबाट जग्गा खरिद गर्न मानिस खोज्नेलगायतका कामको योजनाकारका रूपमा मीनबहादुर गुरुङलाई पक्राउ गरिएको हो । तर, केही ब्यापारीहरूले गुरुङको आपराधिक क्रियाकलापलाई ढाकछोप गर्ने प्रयास गरिरहेका छन् । ती ब्यापारीहरू नारायणकाजी श्रेष्ठलाई हटाउनका निम्ति जतिसुकै रकम खर्च गर्न पनि तयार रहेको बुझिन्छ ।

गृहप्रशासनमा रहेर अतिरिक्त कमाई गर्दै आएका कर्मचारी एवम् सूरक्षाकर्मी पनि कमाइ बन्द भएकोले आफ्नै विभागीय मन्त्रीसँग रुष्ट बनेको देखिन्छ । केही दिनयता एउटा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र पनि नारायणकाजी विरूद्ध लागिपरेको बुझिएको छ । शक्तिकेन्द्रले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री बदल्न ‘सुझाव’ (कि दबाब ?) दिएको जानकारी प्राप्त भएको छ । यसरी भ्रष्टाचार र अनियमितताविरूद्ध कदम चाल्दा पनि नारायणकाजी घेराबन्दीमा परेका छन् । यो घेराबन्दी गृहमन्त्री नबदलिँदासम्म कायम रहने बुझिएको छ । यदि नारायणकाजीलाई जिम्मेवारीमूक्त गराउन भ्रष्टाचारी तथा अन्तर्राष्ट्रिय शक्ति सफल भए भने नेपाललाई भ्रष्टाचारमूक्त तुल्याउने सपनाको भविष्य के होला, चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्