मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री प्रचण्ड, क-कसको हुने भो जागीर चट्



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्न गृहकार्य सुरु गरेको समाचार प्राप्त भएको छ । संसदको चालू (वर्षे) अधिवेशन अन्त्य भएपछि पुनर्गठन गर्ने सोच प्रधानमन्त्रीले बनाउनुभएको भए पनि उहाँमाथि तत्काल मन्त्रिपरिषद पुनर्गठन गर्न दबाब परेको बुझिएको छ । जनमत पार्टीको नेता सीके राउत असन्तुष्ट रहेकोले निजलाई अर्को एउटा मन्त्रालय थपिदिएर खुशी पार्ने निष्कर्षमा प्रचण्ड पुग्नुभएको बुझिएको छ । त्यस्तै माधव नेपाल पनि आफ्नो पार्टीको तर्फबाट मन्त्रिमण्डलमा प्रवश गर्ने सदस्यहरू बदल्ने पक्षमा रहनुभएको बताइन्छ । प्रेम आले र किसन श्रेष्ठलगायतले माधवलाई अत्यन्तै सताउन थालेकोले माधव यथाशीघ्र मन्त्री बदल्न तयार भएको सम्बद्ध सूत्रको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको आयु बढाउनका निम्ति मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच बनाउनुभएको हो । तर जनार्दन शर्मा प्रभाकर, पम्फा भुसाल, शक्तिबहादुर बस्नेत र वर्षमान पुनलगायत एकथरी माओवादी नेताहरू यही पुनर्गठनको मौका पारेर नारायणकाजी श्रेष्ठलाई गृहबाट हटाइदिने योजनामा रहेको जानकारी प्राप्त भएको छ ।

माओवादी पार्टीमा नारायणकाजीको पल्ला भारी हुन थालेपछि हिंसात्मक पृष्ठभूमिबाट आएका माओवादी नेताहरूमा छटपटि शुरु भएको छ । त्यसैले यतिबेला जनार्दन शर्मा र वर्षमानले समेत एउटै बोली बोल्न थालेका छन् । उनीहरूले नारायणकाजीविरुद्ध मोर्चा बनाएर प्रचण्डमाथि दबाब पैदा गरिरहेका छन् । उनीहरू वर्षमानलाई गृहमन्त्री बनाउन लविङ गरिरहेका छन् । वर्षमान पुन मीनबहादुर गुरुङका खास मानिसका रूपमा चिनिन्छन् ।

यता, सीकेको माग पूरा गर्न प्रचण्ड तयार हुनुभएको भएपनि सुदन किराती र शक्ति बस्नेत मध्ये कसलाई हटाएर सीकेका मानिसलाई मनत्री बनाउने भन्ने निधो भइसकेको छैन । सीके राउत र उपेन्द्र यादवबीचको अस्वस्थ द्वन्द्व र प्रतिष्पर्धाले प्रचण्डको तनाव बढाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...