सीता दाहालको श्रद्धाञ्जलीसभा बालुवाटारमा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सीताको निधनको सातौं दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली सभामा राजनीतिक दलका शीर्ष नेता, सरकारी उच्च पदस्थका व्यक्ति र पार्टी नेता कार्यकर्ता उपस्थित छन् । दाहालको ६९ वर्षको उमेरमा बुधवार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । प्रचण्ड परिवारले सीताको काजक्रिया नगरी आज सातौं दिनमा शोकसभा राखेको हो ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...