रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न देउवाद्वारा अस्वीकार



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । केन्द्रीय समितिको बैठकअघि सभापतिले प्रतिवेदन बुझ्न नमानेपछि केन्द्रीय कार्यालयमा बुझाउने भएका हुन् । सभापतिलाई रूपान्तरण अभियानको प्रतिवेदन बुझाउनका लागि आफूहरूले समय माग्दा नदिएको नेता गुरुराज घिमिरेले बताए । उनले भने, ‘हामीले उहाँलाई प्रतिवेदन बुझाउनको लागि आज समय माग गरेका थियौँ । तर उहाँले दिनुभएन। उहाँले समय नदिएपछि हामी अहिले पार्टी कार्यालयमा मुख्यसचिवमार्फत दर्ता गराउँदै छौँ ।

उनले यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै देशव्यापी रूपान्तरण अभियान चलाएका थिए । आज एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने उद्देश्यले आफूहरूले प्रतिवेदन बुझाउन लागेको बताए । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएको थिए । उनीहरूले यथास्थितिमा चलिरहे पार्टीले आगामी कुनै पनि चुनौतीको सामना गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...