विदेशिनेको संख्या झन् बढ्यो : एमाले महासचिव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भए पछि विदेशिनेको संख्या बढेको आरोप लगाएका छन् । नेकपा एमालेको सरकार हुँदा विदेशिनेको संख्यामा कमी आएको दाबी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोड्न आग्रहसमेत गरेका छन् । ‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहीन रूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा एमाले लाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार हो । उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरूले राष्ट्रिय मान्यता पाएको पार्टी आए पछि थप समस्या भएको बताएका छन् । ‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झनै बढ्यो,’ उनले भनेका छन्, ‘के यसको जिम्मेवारी नेकपा ९एमाले० ले नै लिनुपर्ने हो र त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठिक र बेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...