एमाले केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनीत



हाम्रो इकोनोमि

 

नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले प्रचार विभाग र संसदीय विभागमा सदस्य मनोनयन गरेको हो । एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ छन् भने प्रचार विभाग प्रमुख राजेन्द्र गौतम छन् । मनोनीत भएका सदस्यहरूको विवरण अन्तर पार्टी निर्देशनमा पठाइने भन्दै सार्वजनिक गरिएको छैन ।

एमाले स्रोतका अनुसार प्रचार विभाग सदस्यमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, लीलालराज भट्टराई थपिएका छन् । त्यस्तै एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल पनि विभागमा सदस्य मनोनीत भएको एक नेताले बताए । यसअघि निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट र रोशन खड्का विभागमा सदस्य थिए भने गगन विष्ट सचिव छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...