मिटरब्याजीलाई कारबाही गर्ने विधेयक नल्याए सदन चल्दैन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक ल्याउन नचाहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विधेयक कार्यसूचीमा नआएकोप्रति आपत्ति जनाए । अर्को बैठकमा पनि यो विधेयक नआए सदन चल्न नदिने चेतावनी दिए ।

उनले भने, ‘मिटरब्याजसम्बन्धी विधेयक चर्चा चल्यो । प्रतिपक्षहरुको कारणले पारित हुन सकेन भन्ने भाष्य खडा गर्न खोजियो । तर, आज मिटरब्याजसम्बन्धी बिषय कार्यसूचीमा किन आएन ? कसका कारणले रोकियो ? हामी मिटरब्याज पीडितहरुको पक्षमा छ । हामी यो विधेयक सदनमा ल्याउन माग गर्छौ । पीडितलाई न्याय दिलाउँन फास्ट ट्रयाकमा ल्याइयोस् । कसको स्वार्थले कारणले पीडितको पक्षमा रहेको यो विधेयकलाई संसदमा ल्याइएन। सदनलाई जानकारी हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...