भुक्तानी नपाएपछि अर्थमन्त्रीको राजीनामा माग



हाम्रो इकोनोमि

 

 

असार मसान्तमा पनि रकम भुक्तानी नगरेपछि निर्माण व्यवसायीले सरकारविरुद्ध आन्दोलन थालेका छन् । उनीहरूले विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै आक्रोश पोखेका छन् । सरकारविरुद्ध बिहानै माइतीघरमा ठेकेदारहरू धर्नामा निस्किएका छन् । उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन् । महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको टिप्पणी गरे ।

उनले भने, ‘काम गरेको बिल पेश गर्दा पनि रोकियो । रकम नभएको ४ खर्बको आयोजना किन टेण्डर गराइयो ? स्रोत सुनिश्चित नभएको आयोजना किन निर्माण जिम्मा दिइयो ?’ मूल्यवृद्धि निरन्तर भइरहेको भन्दै आयोजनाको खर्च समायोजन नगरेकोमा पनि उनीहरूको गुनासो छ । बैंक, सप्लायर्स, कामदार जताततै उधारो बाँकी हुँदा आफूहरूले आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको उनीहरूले बताएका छन् । प्रक्रिया पुर्‍याएर बिल लिएर जाँदा भुक्तानी रोकेको व्यवसायीले दाबी गरेका छन् । व्यवसायीहरूले काम गरेको पैसा नदिएर उल्टै ठेकेदारलाई बदनाम गरेको बताएका छन् । मूल्य समायोजन कार्यान्वयन गर्नुपर्ने, निर्माण कार्यको म्याद थप गर्नुपर्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...