रास्वपा अहिले सरकारको रेसमा छैन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको प्रष्ट्याएका छन् । बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले अहिले पार्टी विस्तारलगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रित रहेको बताए । ‘सरकारमा सहभागी हुने योजना छैन । पार्टीभित्र पनि कुनै छलफल भएको छैन । तर, सरकारको स्थायित्वको पक्षमा भने रास्वपा छ’, उनले भने ।

पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षीनिकट भनेर आरोप लाग्ने गरेको रविले बताए । अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सबै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनको भनाइ छ ।लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको बताए । अब सत्तामा रहेका दलहरू नै विपक्षमा उभिनसक्ने उनको भनाई छ । रविले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दाबी रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...