पार्टीका उपाध्यक्षहरूसँग छलफल गर्दै एमाले अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग छलफल थालेका छन्। पार्टी संगठन सुदृढीकरण र परिचालनका लागि छलफल थालेको उपाध्यक्षहरूले बताएका छन्। अध्यक्ष ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र विष्णु पौडेलसँग छलफल थालेका हुन् । अध्यक्ष ओलीले बुधबार पनि उपाध्यक्षहरूसँग छलफल गरेका थिए । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीताको निधन भएका कारण विषयमा आधारित भएर छलफल गर्न पाइएन,’ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘आज पनि दिउँसो २ बजेपछि हामी बस्छौं । समसामयिक मुलुकको अवस्था, पार्टीको सांगठनिक जीवनबारे छलफल गर्छौं ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...