प्रचण्डलाई भेट्न नर्भिक पुगे नेताहरु



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गरेका छन् । छोरी रेणु दाहाल सहितका परिवारका सदस्यहरु, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरु, शुभेच्छुकहरु र पार्टीका कार्यकर्ताहरु पनि अस्पताल पुगेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरुको पनि अस्पतालमा उल्लेख्य उपस्थिति छ । सीताको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...