नक्कली भुटानी शरणार्थीको फिल्म खै : प्रेम आले



हाम्रो इकोनोमि

 

 

 

 

 

नेकपा ९एकीकृत समाजवादी० का सांसद प्रेमबहादुर आलेले नक्कली भुटानी शरणार्थीबारे प्रधानमन्त्रीले उल्लेख गरेको फिल्म कहिले लाग्ने हो रु भन्दै कटाक्ष गरेका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई किन पक्राउ गर्न नसकिएको भन्दै प्रश्न गरेका हुन् ।उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा फिल्म देखाउने भनेपनि अहिलेसम्म सुरु हुन नसकेको बताए । उनले फिल्म कहिले लाग्ने हो भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले वाइडबडी प्रकरणलाई अघि बढाउन आवश्यक रहेको बताए ।

हाम्रो राजन केसीले भन्नुभयो, वाइडबडीको कुरा हामीले अघि बढायौँ, त्यो केही पनि भएन, डेयडकेट लाइनको कुरा उठायौँ त्यो पनि केही भएन, १२ अर्ब तिर्न बाँकी थियो, त्यो पनि केही भएन, लेखा समितिले रातदिन मेहनत गर्ने तर त्यो बालुवामा पानी खन्याएजस्तै हुने, त्यसैले यो सरोकारवाला व्यक्तिलाई हामी बालाऔँ, अख्तियारको प्रमुखलाई पनि बोलाऔँ, बोलाएर छलफल गरौँ । हामी यहाँ मेहनत गरी उपसमिति बनाएर छलफल गर्छौं, तर पछि गएर टाउकेहरु मिलेर यसलाई १० दिनमा फाल्ने काम हुन्छ’, उनले भने, ‘हामीले १० दिनमा फाल्ने की यसलाई कार्यान्वयन गर्ने रु जनताले यही प्रश्न गरिरहेका छन् । चाहे त्यो भुटानी शरणार्थीको कुरा गरौँ, केही माछा त गए, प्रधानमन्त्रीज्युले फिल्म देखाउँछु भन्नुभयो, यो ट्रेलर भन्नुभयो, फिल्म नै शुरु भएको छैन, अहिलेसम्म । त्यो फिल्म कहिले लाग्ने हो भनेर सोध्नुपर्ने आवश्यकता मैले देख्दछु ।’ सांसद आलेले समितिका निर्देशनहरु कार्यान्वयन नहुने हो भने समितिको बैठक बसिरहनुको औचित्य नरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

भोटेकोशीको बाढीमा अहिलेसम्म ९०३ जनाको शव भेटियो, ४२२७ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ...

भोटेकोशी बाढीमा एक हजार पाँचसयभन्दा बढी बेपत्ता

  भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको...