आरजूको भनिएको अडियो अभियुक्तको स्वरसँग मेल खाएको प्रहरीको दाबी



 

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसकी नेतृ एवम् सांसद डा.आरजू राणा देउवाको नाम लिएर सार्वजनिक भएको अडियो प्रतिवादी सन्देश शर्माको आवाज भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले सो अडियो शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङ तुल्सीपुरका सन्देश शर्माको आवाजसँग मेल खान गएको बताएको छ ।  आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै आरजूले गत वैशाख २ गते छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । सोही निवेदनमाथि अनुसन्धान गर्ने क्रममा उक्त अडियो शर्माको आवाजसँग मिलेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

उनका अनुसार त्यो अडियो कहाँ र कसबाट तयार भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार गरिएको छ । ‘डा.आरजू राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८० बैशाख २ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा स्पिकर आइडेन्टीफ्रिकेसन टेस म्याच भनी उल्लेख भएको जुन स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगरपालिका १६ दाङ घर भएका ३४ को सन्देश शर्माको कन्ट्रोल स्याम्पलसँग मेल खाएको । कहाँ र कसबाट तयार भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुने नसकेको,’ विज्ञप्तिमा भनिएको छ, ‘निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्