प्रचण्ड-देउवा र ओलीबीच सिंहदरबारमा छलफल



हाम्रो इकोनोमि

 

 

तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली छलफलमा जुटेका हुन् । एमाले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडानमा छ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

 

 

सभामुख देवराज घिमिरेले वार्ताबाट समस्या समाधान नभइ बैठक अघि नबढ्ने दलहरूलाई जानकारी गराइरहेका छन् । प्रधानमन्त्रीले सोमबार किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...