कोशीमा प्रधानमन्त्रीका ज्वाईं जीवनलाई अर्थको जिम्मेवारी



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराएका छन् ।  माओवादीबाट दुई र काँग्रेसबाट एकसहित आज तीन जना मन्त्री नियुक्त भएका छन् । माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली काँग्रेसबाट रामकुमार खत्री नियुक्त भएका हुन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिइएको छ । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाइँ हुन् ।  प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका छन् । आचार्यबाहेक अरु मन्त्रीको जिम्मेवारी तोकिएको छैन । अस्ति काँग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...